आफ्नो आँखाको ज्योति गुम्न थालेको भन्दै अमिताभ बच्चनले लेखे यस्तो स्टाटस

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले तस्बिर धमिलो देख्न थालेको भन्दै आफ्नो आँखाको ज्योति गुम्ने हो की भन्ने चिन्ता व्यक्त गरेका छन्।

बच्चनले शुक्रबार आफ्नो ब्लगमा लेखेका छन्, ‘मेरा आँखाले तस्बिर धमिलो देख्न थाले। कैयौँ पटक त दुई–दुई चिज पनि देखिन्छ। पछिल्लो केही दिनदेखि मेरो आँखाको ज्याेति गुम्ने हो कि भन्ने लाग्न थालेको छ।’

ब्लगमा बच्चनले आफ्नी आमालाई सम्झिँदै लेखेका छन्, ‘आज मलाई मेरा ति दिन याद आइरहेका छन्, जब मेरो आँखामा चोट लाग्थ्यो, मेरी आमा आफ्नो साडीको सप्काे फुकेर मेरो आँखामा राख्नुहुन्थ्यो। र तुरुन्तै ठिक हुन्थ्यो। अब म पनि यसको अनुशरण गरिरहेको छु। मैले तातो पानीमा तौलियालाई भिजाएर आफ्नो आँखामा राख्ने गरेको छु।’

उनले डाक्टरले आफ्नो आँखाको ज्योति गुम्न नदिने विश्वास दिलाएको पनि उल्लेख गरेका छन्।

‘मैले डाक्टरसँग कुरा गरेँ। उनले दिएको निर्देशनको लगातार पालना गरिरहेको छु। डाक्टरले दिएको आइ ड्रप हरेक घण्टा आँखामा हाल्छु’, बच्चन भन्छन्, ‘म कम्प्युटरको स्क्रीनको अगाडी धेरै समय बिताउँछु। डाक्टरले यो त्यसैको नतिजा भएको बताए। अँ आमाको पुरानो टेक्निक बहुत काम गर्छ। अब म देख्न सक्छु।’

Loading...