बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटायो

काठमाडौँ, ९ चैत । चौतर्फी आलोचना र विरोधपछि बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ । बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप अधिकतम हवाई भाडादर घटाएको जानकारी दिएको छ ।

विषम परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आजको मितिदेखि घटाइएको बुद्ध एयरले एक सूचना जारी गर्दे जानकारी दिएको हो । बुद्ध एयरले सार्वजनिक गरेको सूचना अनुसार यसअघि १४ हजार १ सय २५ रहेको काठमाडौँ-धनगढीको अधिकतम हवाई भाडादर घटाएर अहिले ७ हजार ९ सय कायम गरिएको छ ।

यस्तै काठमाडौँ-विराटनगरको ५ हजार ५ सय, काठमाडौँ-भैरहवाको ४ हजार ९ सय, काठमाडौँ-नेपालगञ्जको ६ हजार ३ सय , काठमाडौँ-भद्रपुरको ६ हजार २ सय, काठमाडौँ-पोखराको ३ हजार ७ सय र काठमाडौँ-राजविराजको ४ हजार २ सय अधिकतम भाडादर कायम गरिएको बुद्ध एयरले जनाएको छ ।

Loading...