(कोभिड–१९) त्रास: खेलकुद प्रतियोगिताहरु सबै स्थगित, एन्फाले लिग नरोक्ने तयारीमा

(कोभिड–१९) त्रास: खेलकुद प्रतियोगिताहरु सबै स्थगित, एन्फा लिग नरोक्ने तयारीमा
काठमाडौं, ४ चैत । विश्वभर महामारीको रुप लिएका (कोभिड–१९) को प्रभाव विश्व खेलकुद जगतमा पनि परेको छ । कोरोनाका कारण ठूला ठूला खेलकुद प्रतियोगिताहरु स्थगित हुन पुगेका छन । यसको असर नेपालमा पनि प्रत्यक्ष रुपमा पर्यो । हालसम्म नेपालमा कोरोना संक्रमित नभेटिए पनि यसको असर सबै ठाँउमा देखिन्छ ।

विश्व फुटबलको सर्वोच्च निकाए ९फिफा० र एसियन फुटबल फेरेडेसन ९एएफसी० ले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै विश्वकप छनोटका खेलहरु स्थगित गराए । त्यसमा एसिया छनोटको खेल पनि स्थगित भयो । त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट परिष्द ९आईसीसी० अन्तर्गत रहेका सबै खाले क्रिकेट प्रतियोगिताहरु पनि स्थगित भए ।

फुटबल लिगहरु च्याम्पियन्स लिग, युरोपा लिग, प्रिमियर लिग, इटाली सिरि ए, फ्रान्सको आई लिग, स्पेनको ला लिगा स्थगित भएका छन् । विश्व क्रिकेटका ठूला सिरिजहरु पनि कोरोनाका कारणनै स्थगित भएका छन् । त्यस्तै नेपाल सरकारले ठूलो सभा, समाहारोह र सम्मेलन नगर्न सबैलाई अग्रह गरेको छ । त्यसले नेपाली खेलकुद प्रतियोगिताहरु पनि स्थगित भएका छन् । खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले नेपालमा खेलकुद प्रतियोगिताहरु नगर्न निर्देशन दिसकेका छन् ।

नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) पनि अनिश्चितकालका लागि स्थगित हुन पुग्यो । विश्वस्तरका खेलाडीहरुलाई सहभागिता गराउँदै हुन लागेको क्रिकेट प्रतियोगितामा आयोजक ईपीएललाई धरै ठूलो असर पर्यो ।

कोरोनाका कारण नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिगबाहेक सबै खेलकुद प्रतियोगिताहरु रोकेको छ । एन्फाकै आयोजनामा हुन लागेको राष्ट्रिय फुटबल, महिला लिग, सी डिभिजन लिगसहित राष्ट्रिय लिग स्थगित भए ।

त्यस्तै मोफसलमा गोल्डकपहरु पनि एन्फाले स्थगित सम्बन्धित जिल्ला संघलाई पत्रचार गरेसँगै सबै गोल्डकपहरु स्थगित हुन पुगेका छन् । तर, एन्फाले सहिद स्मारक बी डिभिजन लिगलाई भने स्थगित गर्न मानेको छैन् । कोरोनाको प्रवाह नै नगरी एन्फाले सोमबार मात्र बी डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक गरेको छ । फिफा, एएफसी र राखेपको निर्देशनलाई अटेरी गर्दै लिग नरोक्ने एन्फाको तयारी छ । एन्फाले गैर जिम्मेवार हुँदै लिगमा धेरै दर्शक उपस्थित नहुने भन्दै खेलहरु जारी राखेको छ ।

Loading...