सुनको मूल्य घट्यो

काठमाडौँ, २९ फागुन । बिहीबारसुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा आठ सय रुपैयाँले घटेर ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलामा पनि आठ सय रुपैयाँले घटेर ८१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलामा ८२ हजार रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य आठ सय ८० रुपैयाँ थियो ।

Loading...