इटलीका सेना प्रमुखलाई कोरोना भएको पुष्टि

काठमाडौं २७ फागुन । इटालीका सेना प्रमुखलाई कोरोना भाइरस लागेको पुष्टि भएको छ । इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित सेनाप्रमुख फारिनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसका कारण ३६६ जनाले ज्यान गुमाइसकेका छन् भने एकैदिन १३३ जनाको मृत्यु भएको इटलीले जनाएको छ ।

योसँगै इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको बिबिसीले जनाएको छ । इटलीमा नयाँ संक्रमितको संख्या २५ प्रतिशतले बढेको बताइएको छ । नागरिक सुरक्षा निकायले कोरोना प्रभावितको संख्या ७,३७५ बाट बढेर ५,८८३ मा पुगेको बताएको छ । उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ । इटलीले विशेष अवस्थामा बाहेक बिनाअनुमति घरबाहिर ननिस्कन भनेको छ ।

Loading...