नरहरि प्रेमी र रश्मि चौधरीको आयो होली सार्वजनिक । ( भिडियो सहित )

काठमाडौँ, २३ फागुन । लोकप्रिय युवा गायक र संगीतकार नरहरि प्रेमीको आयो होली बोलको होली गीत सार्वजनिक भएको छ । रंगको पर्व होली (फागु) लाई लक्षित गरेर तयार पारिएको आयो होली गीतका गीतकार र संगीतकार पनि स्वयम नरहरि प्रेमी नै हुन् । प्रस्तुत गीतमा प्रेमीलाई नवोदित गायिका रश्मि चौधरीले साथ दिएकी छिन् ।

जस्तोसुकै गीतमा उत्तिकै जबर्जस्त प्रस्तुति दिने अव्वल दर्जाका गायक नरहरि प्रेमीले यो आयो होली गीतमा पनि आफ्नो दमदार आवाजको जादु छर्न सफल भएका छन् । गीत सुन्योकि नाँचिहालुँझै लाग्ने यस गीतको संगीत र एरेञ्ज पक्ष पनि उत्तिकै सबल देखिन्छ । साह्रै सरल तर गहकिला भाव छल्किने यस गीतलाई समग्र हिसावले नयाँपन दिनमा प्रेमी सफल भएको कुरा गीत सुन्नासाथै प्रस्ट हुन्छ ।

आफ्ना हरेक सिर्जनामा नौला नौला प्रयोग गर्न रुचाउने प्रेमीको यो गीत पनि होली सम्बन्धि गीतहरुमा अहिलेसम्मकै पृथक बनेको महशुस हुन्छ । एरेञ्जर लक्षु प्रकाश मल्ल र रेकर्डिष्ट जीवन बडुको मिक्सिङ कार्य पनि प्रशम्सनिय छ । श्रुति संगीत विद्यालयको प्रस्तुति रहेको आयो होली गीतका गायक नरहरि प्रेमीको चिप्पक चिप्पक बोलको गीत पछिल्लो समयको निकैनै चर्चित गीत हो ।

Loading...