कसरि हेर्ने शिक्षक लाइसेन्स परीक्षामा प्राप्त गरेको अङ्क यस्तो छ तरिका !

काठमाडौँ, १५ फागुन । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र शिक्षक लाइसेन्स को नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्स को नतिजा सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना निकाल्दै, प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गरेको छ ।आयोगले यसपालीदेखि शिक्षक अनुमतिपत्र शिक्षक लाइसेन्सको परीक्षामा प्राप्त गरेकोे कुल अङ्कको जानकारी लिन सकिने भएको हो ।

आयोगका अनुसार उम्मेदवारले कुल अङ्क हेर्नको लागि मोबाइलको म्यासेज बक्समा गई टिएससी टाइप गरि एसएमएस पठाइ आफ्नो प्राप्ताङ्क हेर्न सक्ने आयोगले जनाएको छ ।

Loading...