दिल्लीमा आम आदमी पार्टीको अग्रता, मोदीको पार्टीलाई धक्का

एजेन्सी, २८ माघ । दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक गणनामा दिल्लीको सत्तारूढ आम आदमी पार्टी आप ले अग्रता लिइरहेको छ । केन्द्रीय सत्ताधारी प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी भाजपा भने सुरुमा निकै पछि परेको छ । एक र्कायकाल दिल्लीको सत्ता चलाइरहेको आपले यसपटक पुनः ठूलो जित हासिल गर्ने विभिन्न एक्जिट पोलले देखाएका छन् ।

मङ्गलबार बिहानसम्म प्रारम्भिक मतगणनाको नतिजा अनुसार आप ५० भन्दा बढी स्थानमा अगाडि देखिएको छ । त्यहाँ सरकार बनाउन कुल ७० मध्ये ३६ सीट जित्नुपर्छ । छोटो इतिहासमा आपले दिल्लीबासीको मन जितेको देखिन्छ । उक्त क्षेत्रीय दलले दिल्लीको सत्तामा रहँदा त्यहाँ शिक्षा र विकासमा दिएको ध्यानले जनताको मन जितेको बताइन्छ ।

केन्द्रीय सत्ताधारी भाजपालाई उसले यसपटक ठूलो धक्का दिने अनुमान गरिएको छ । पछिल्लो कार्यकालमा त्यहाँको नेतृत्व गरेका आपका नेता एवं प्रभावशाली मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यलाई व्यापक स्वायत्तताको माग गरेका थिए । दिल्लीमा प्रहरीमाथिको नियन्त्रण, भूमि र कानुन कार्यान्वयन सङ्घीय सरकारको हातमा हुन्छ तर पनि यहाँको निर्वाचनलाई निकै सांकेतिक रुपमा हेर्ने गरिन्छ ।

Loading...