टेलिकमले ल्यायो नयाँ सेवा । अब ग्राहक हुनेछन् यसरी सन्तुष्ट

काठमाडौँ, २७ असोज । नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुरु गरेको छ ।

उक्त केन्द्रको सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गर्दै टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरूपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि केन्द्रले थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले समयसापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व वृद्धि हुने उल्लेख गरे ।

सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले टेलिकमका सामु विविध किसिमका चुनौती पनि भएकाले त्यसलाई अवसरमा परिवर्तन गर्न तथा ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि केन्द्रले सहयोग पु¥याउने बताए ।

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाउन केन्द्रको महत्वपूर्ण भूमिका हुने बताए । वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले केन्द्रलाई नयाँ व्यवस्थापनमा सञ्चालन गर्न लागिएको जानकारी दिए । एक सय ९७ नम्बर मार्फत हुने सोधपुछ सेवा नयाँ संरचनाबाट सञ्चालनमा आइसकेको टेलिकमले जनाएको छ ।

वायरलाइन ग्राहक सेवाका लागि १९८ र जिएसएम तथा सिडिएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नम्बरमा डायल गरेर ग्राहकले उक्त सेवासम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सक्नेछन् । यी सबै सेवा निःशुल्क रूपमा उपलब्ध छन् । हालसम्म टेलिफोनबाट मात्र सेवा दिइरहेकामा सो सेवा केन्द्रबाट छिट्टै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराइने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

Loading...