अभियान्ताले भने ‘सरकारले नभत्काए जनताले छाँया सेन्टर भत्काउनेछन्’

बिक्रमशिल महाविहार संग जोडिएको इतिहास यस्तो छ ।

 

पौष २८ ,काठमाडौँ । ठमेलमा रहेको ऐतिहासिक बिक्रीमशिल महाविहारको पूजा, चाडपर्व तथा संस्कारका लागि निर्माण गरिएको कमलपोखरी मासेर छाँयादेवी कम्प्लेक्स बनाइएको भन्दै अभियान्ताले भत्काएरै छाड्ने चेतावनी दिएका छन् ।

अभियान्ताले सोमबार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा ११ औं शताब्दीको ऐतिहासिक कमलपोखरी मासिंदा समेत गणतान्त्रिक सरकार मौन रहेकोमा लज्जास्पद रहेको भन्दै जनताको शक्तिले त्यसलाई भत्काउनसक्ने बताए । पुरातात्विक इतिहास बोकेको कमलपोखरी पुनस्थापना अभियानका संयोजक भागवत नरसिंह प्रधानले ब्यापारिक भबन छायाँदेवी कम्प्लेक्स निर्माण भएको स्थानमा ऐतिहासिक कमलपोखरी रहेको सम्पूर्ण तथ्य प्रस्तुत गर्दै त्यसलाई सबै सम्पदा प्रेमी जनता मिलेर भत्काएरै छाड्ने बताए । १५ हजार व्यक्तिको हस्ताक्षर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराइसकिएको बताउदै संयोजक प्रधानले भने ‘सम्पदामाथि भएको अतिक्रमणविरुद्ध हामी कडा कदम चाल्न छौ । ऐतिहासिक पुरातात्विक कमलपोखरी रहेको ठाउँमा जबरजस्ती छायाँ कम्प्लेक्स बनाइएको छ त्यो सरकार नभत्काए जनताले भन्काउनेछन् ।’ आफुहरु कानुनी लडाईमा अदालतको न्यायोचित फैसला कुरेर बसेको भन्दै त्यसपछि निर्णयमा पुग्ने बताए । स्थानीय गुठियारहरुले उक्त भवन जबर जस्ती बनाउदै गर्दा रोक्नका लागि सिंहदरबार देखि काठमाडौं महानगरपालिका, पुरातात्विक विभागलगायतका ठाउँहरुमा आवाज उठाउँदा पनि सुनुवाई नभएको बताए । बिबादीत् रहेको सोभाबन माथि स्थानीय जनताको विरोधका बाबजुद छायाँ कम्प्लेक्स उद्घाटनका लागि वर्तमान पर्यटनमन्त्री योगेश भट्टराई पछाडिको ढोकाबाट पुगेको भन्दै जनताबाट अबको चुनावमा अस्वीकृत हुने चेतावनी दिए । अभियन्ताले जालसाजी गरि बनाइएका छायाँ सेन्टरमाथि गृह मन्त्रालयमा उजूरी दिने समेत बताए ।

के हो बिक्रमशिल महाविहार ?
११ औ सताब्दिमा भारतको वरनासी स्थित विक्रम्शील महाविहारका गुरु धर्म श्री नेपालको बाटो भएर तिब्बतमा मञ्जुश्रीलाइ भेट्न जादैगर्दै हालको काठमाडौँको गोंगबु बसपार्क रहेको स्थानमा गलपा भन्ने फाटमा एक जना बुढो
दुइ वटा शिहको जुरोमा जुवा राखी खेत जोत्दै गरेको देखे । आश्चर्यचकित धर्मश्रीले बुदो संग तिब्बत जाने बाटो सोधे ,बुढोले साँझ पर्न लागि सकेको र अगाडी नजान भनि आफ्नै घरमा बास बस्न आग्रह गरे । कुरा सहि थानी गुरु त्यतै बास बसे ,घर भित्र रहेका अन्य मानिसहरु संग कुरा गरेको सुन्दा बुढा नै मञ्जुश्री रहेको थाहा पाए । अर्को दिन बिहानै मञ्जुश्रीको पाउपरि आवश्यक गुरु दिक्षा हासिल गरि बिक्रमशील महाविहारकै नाउमा चैत्य निर्माण गराए ।
भनिन्छ यो महानिहार त्यस्ताका उत्तर चीन र दक्षिण भारतबाट समेत बौद्ध अध्यन गर्ने महाबिध्यालयको रुपमा लिने गर्दथियो ।
यस विहारको निर्माणसँगै विहारको पूजा, चाडपर्व तथा संस्कारका लागि निर्माण गरिएको कमलपोखरी, विहारको ठीक पूर्र्वितर रहेको छ, जुन तान्त्रिक विधिले बनाएको पोखरी हो । यस पोखरीको चारैतिर र बीचमा तान्त्रिक विधिले बनाएका इनारहरु थियो । उक्त पोखरीमा कमलको फूल फुलाइन्थ्यो । त्यसैले यस पोखरीलाई कमलपोखरी भनिएको हो । कमलको फूल विहारको भगवानलाई दिनहुँ चढाएर नित्य पूजा–अर्चना गर्ने परम्परा थियो । पोखरीको पानीले भगवानलाई नित्यस्नान गराई कमलको पात गुँला महिनाको दिनमा बज्राचार्य पूजारीहरुलाई प्रज्ञापारमिता ग्रन्थ पढ्ने समयमा देवालाई झै उक्त कमलको पातहरुमा चौरासी व्यञ्जन बनाएर दिने परम्परा थियो । पोखरीको डिलमा स्थानीयहरुले श्राद्धको पिण्ड सेलाउने परम्परा थियो । यस पोखरीमा जात्रा सहित सरसफाइ गर्ने परम्परा थियो । पोखरीको डिलमा फलफूलको बगैँचा लगाउने गरिन्थ्यो । विहारको पोखरी तथा डिल संरक्षणको लागि विहारको गुठीसँग सम्बन्धित व्यक्तिलाई ठेक (ठेक्का)दिने परम्परा थियो । यो ठेक स्वरुप विहारको गुठीको तहविलमा वार्षिक रु.१२५ दाखिला गराउने परम्परा थियो । पूजालाई प्रयोग गरी बाँकी भएको कमल र पात बिक्री गर्दथ्यो ।

Loading...