नेताहरुले सहिदले गरेको बलिदानबाट सिकेनन् केहि , सिक्न जाने पो त

पौष २२ ,काठमाडौँ ।

बाल साहित्य रचना भन्दा छुट्टै यो पटक पाठकमाझ अग्रज सहिद दशरथ चन्द ,गंगालाल ,शुक्रराज शास्त्री र धर्मभक्तको पुस्तक प्रकाशनमा ल्याकाछौ । अन्तीम धर्मभक्तको पुस्तक शायद अर्को सप्ताह पछि सम्ममा छपाई सकिन्छ होला । सहिद आफै बोलेको यो पुस्तकमा उहाहरुकाे बारेमा म लगतेत मेरो सहयोगी निकै मेहनत गरेका छन् । संछिप्तमा बाल साहित्यकारको भाषामा भन्नु पर्दा बालबालिका प्रति आम बाबुको सेवा जस्तै मेरो बाल साहित्य यात्रा जसरी कुनै आमाबुबा आफ्ना बालबालिका को सेवा गर्छ । समाज आफै आम बुबा जस्तो हुने हुदा कोइ न कसैले त बालबालिकालाइ समाज सिकाउने जरुरि हुन्छ । बालबालिकामा जन्मै बात चेतना त पक्कै हुदैन त्यसैले बाल मनो बैज्ञान विकास गर्न बाल साहित्यले आफ्नै भूमिका निभाउने गर्छ ।

बाल साहित्यकार निकै कम छ किन ?

यो पुस्तकमा प्रजान्त्रका लागि ज्यानको आहुति दिने सहिदका बारेमा कसरि ब्याख्या गर्नु भएको छ ।
यो बालकोशेलीले योजना बनाएर सबै मिलेर प्रकाशन गर्न जमल्को गरेका हौ । सहिद आफैले आफ्नो जीवनी बताइरहेका धेरै कुरा समाविष्ट छ । अहीले हामी संघीय लोकतन्त्र छौ त्योबेला समान्त बादी ब्यबस्थामा लोकतन्त्रकालागी जीवन बलिदान दिने उहाहरु लोकतन्त्रका बाजे बराजु हुन् । तर मैले अन्य सहिद भन्दा उहाहरुलाई उच्च स्थानमा महसुस गर्छु । हामीले लोकतन्त्रलाइ बलियो बनाउने हो भने प्रथम उनीहरुका विचार आदर्शलाइ प्रचार प्रसार गर्ने पर्छ । 

 अहीले हामी अल्मलिएका छौ । भन्न खोज्नु भएको हो की ? 

पक्कै पनि के हामिले हाम्रा तीन,चार पुस्ताका नाम थाहा पाएका छौ र ? अहिलेका पिढी पुर्खाका सम्पत्ति खोजि खोजि कसरि प्राप्त गर्ने भन्ने बढी चासो गर्छन् सम्पत्तिमा लोभ गर्छन् । मानिसले यो सम्पत्ति जोड्ने पुर्खाको नाम र योगदानको ख्याल दरेको पाईदैन । हालक राजनैतिक नेताहरुले लोकतन्त्रका लागि लडेर जीवननै त्याग गरेका यस्ता सहिदलाइ सम्झेर अनुशरण गर्न जाने पो त तर खै त सम्झेको जसरी हामिले हाम्रा बजे बराजुलाइ बिर्सेका छौ ।

बालसाहित्यकार शान्तदास मानन्धर संग गरिएको कुराकानी –
साहित्यकार मानन्धर बलाकोसेली पत्रिकाका प्रबन्द सम्पादकको रुपमा बि स २०४९ बात प्रकासित , ५ दशक भन्दा बदी निरन्तर साहित्य क्षेत्रमा योगदान गरे बापत जगम्बा श्री तथा प्रवल जनसेवा पदक स्रो बाट सम्मानीत

Loading...