चार दशक जनप्रतिनिधिको रुपमा सेवा गरेका चन्द्रानन्द नेवा:लाइ गरे नागरिक सम्मान

पौष २३ ,काठमाडौँ । सामुदायिक सचेतना कार्येक्रममा समाज क्षेत्रमा अनवरत लामो सेवा गरेका चन्द्रानन्द नेवा:लाइ नागरिक स्तरबाट सम्मान गरिएको छ ।
काठमाडौँ महानगर पालिका १८ वडा अध्क्षयको रुपमा ४० बर्ष सेवा गरेका चन्द्रानन्द नेवा: काठमाडौँ महानगर पालिकाका केहिसमय प्रमुख समेत रहेका थिए । उहालाई लोकप्रिय जनप्रतिनिधिका रुपमा २०१९ सालदेखि २०५९ सालसम्म जनप्रतिनिधिको भूमिकामा रहेर स्थानीय बिकास ,समाज उत्थानका क्षेत्रमा अतुलनिय योगदान दिनुका साथै नगर भित्रका शहरि क्षेत्रमा सामाजिक ,साँस्कृतिक ,बिकाशका गतिबिधि र अपराध न्यूनीकरण समेतमा अभिरुचि लिइ २०५६ सालमा जनसेवा सामुदायिक केन्द्रकाे स्थापनामा योगदान पुर्याएको बापत मंगलबार महानगरीय प्रहरी वृत्त जनसेवा,सामुदायिक सेवा केन्द्र र जनसेवा सामुदायिक केद्रको आयोजनामा भएको कार्येक्रममा समाजसेवी चन्द्रानन्द नेवा:लाइ सम्मान गर्दै नयाँ वृत्त प्रमुख नायब निरिक्षक सुनिल जंग शाहलाइ स्वागत तथा पुरानो जिम्मेवारी सम्हालेका नायव निरिक्षक बासुदेव खतिवडालाइ बिदाई गरिएको छ ।


कार्येक्रममा जनसेवा सामुदायिक केद्रका अध्क्षय बिकाश भक्त श्रेष्ठ , बालसाहित्यकार शान्त दास मानन्धर ,काठमाडौँ महानगरपालिका २६ का वडा अध्क्षय नीलकाजी शाक्य ,१९ वडा का अध्क्षय शशिलाल श्रेष्ठ ,केन्द्रका उपाध्क्षय विजय कृष्ण श्रेष्ठ , कोषाध्क्षय ,पबित्र बज्राचार्य ,राट्रिय समाचार समितिका महाप्रबन्धक उपेन्द्र शर्मा लगाएतको सहभागीत रहेका थिए ।

Loading...