अमेरिकन मुडी एअरपोर्टको होटलमा आपत्तीजनक अवस्थामा पक्राउ

काठमाडौँ । नेपाली बालिकालाई यौन शोषण गर्ने अमेरिकी नागरिक जसोन्योड मुडीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको छ ।

सीआइबीको टोलीले काठमाडौं एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नं १०४ बाट तीन बालिकासहित मुडीलाई आपत्तिजनक अवस्थामा आइतबार पक्राउ गरेको हो।

पक्राउ परेका ४० वर्षीय मुडीलाई जबरजस्ती करणी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। उपरीक्षक पाण्डेका अनुसार मुडीको साथबाट प्रहरीले ३ वटा राहदानी, एउटा ल्यापटप, ४ वटा मोबाइल ४ थान विभिन्न बैंकका एटिएम कार्ड, मास्टर कार्ड तथा चेकका स्लिपहरु, विश्वभाषा क्याम्पसको परिचयपत्र बरामद गरेको छ। साथै प्रहरीले मुडीबाट अन्य कोही पीडित भएको भए सीआइबीमा सम्पर्क राख्न आग्रह गरेको छ।

Loading...