टोकियोमा निधन भएका मल्लको अन्त्येष्टिका लागि सहयोगको अपिल

टाेकियाे । टोकियोमा एक जना नेपाली विधार्थी सुरज मल्लको उपचारका क्रममा निधन भएको छ ।

सुदुरपश्चिमको डढेल्धुरा जिल्ला भद्रपुर -५ घर भई दुई बर्ष अघि विधार्थी भिषामा जापान आएका २५ वर्षिय मल्लको डिसेम्बर १ तारिख उपचारका क्रममा दु:खद निधन भएको हो ।

नोभेम्बर ३० तारिख राति श्वास फेर्न समस्या आएपछि उनलाई इताबासी स्थित निहोन यूनिभर्सिटी अस्पतालमा भर्ना गरिएको र आकस्मिक शल्यक्रियाकै क्रममा आइतबार बिहान ११ बजे निधन भएको प्रहरीले जनाएको छ ।

अस्पतालस्रोतका अनुसार मल्लको ‘नेक्रोटाइजिङ एन्ट्रोकोलाइटिस ‘ का कारण निधन भएको बुझिएको छ ।

यसैबिच जापानमा कृयाशिल सामाजिक संस्था सुदुरपश्चिमेली समाज जापानले शनिबार देखि स्वर्गिय मल्लको अनत्येस्टिका लागि आर्थिक सहयोग संकलन गर्ने समाजका अध्यक्ष एकेन्द्र थापाले जनाएका छन ।

साथै समाजले जापानका सबै सामाजिक संघ संस्था तथा सर्बसाधारणमा सहयोगका लागि हार्दिक अपिल पनि गरेको छ ।

समाजले समाजको जापान हुलाक खाता १०१०० -९१२८२९२१ मा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ

यसैबिच एनआरएनए जापानले पनि स्वर्गिय मल्लको अनत्येस्टिका लागि सबैमा सहयोगको अपिल गरेको छ। एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले मल्लको सहयोगका लागि आफुहरु लागिपरेको जनाएका छन ।

Loading...