भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न

गोरखा २१, कात्तिक । गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिए ।

“जिल्लामा भूकम्पले कूल ४१९ विद्यालयमा क्षति पु¥याएको हो”, उनले भने, “त्यसमध्ये प्राथामिकताका आधारमा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको छ ।” इञ्जिनीयर देवकोटाले गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत जिल्लाको ७० विद्यालयमा शौचालय निर्माणसमेत सम्पन्न भइसकेको बताए ।

भवनका हिसाबले हेर्दा जिल्लामा अहिलेसम्म २९५ विद्यालयको भवन पुनःनिर्माण भएको उनले जानकारी दिए । “पुनःनिर्माण भएकामध्ये पनि १२० विद्यालयलाई अझै कक्षाकोठा अभाव भइरहेको भन्ने गुनासो छ”, इञ्जिनीयर देवकोटाले भए “त्यसका लागि पनि अपुग विद्यालयमा थप कक्षाकोठा निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।” जिल्लामा यस वर्ष विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

प्राधिकरणमार्फत जिल्लामा चालू आवमा ६५ विद्यालय भवन निर्माण हुने एकाइले जनाएको छ । “आवश्यकताका आधारमा दुईकोठे, तीनकोठे र चारकोठे गरी यो आवमा ६५ विद्यालय भवन निर्माण गर्ने योजना रहेको छ, त्यसका लागि काम शुरु भइसकेको छ”, उनले भने । उनले यो वर्षमा गोरखामा दुईकोठे विद्यालय भवन १०, तीनकोठे पाँच र चारकोठे ५० वटा निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । भवन निर्माणका लागि स्थानीय तहहरुले आवश्यकता आधारमा प्रस्ताव पेश गर्ने र त्यसैका आधारमा एकाइले छनोट गरी पुनःनिर्माणको काम अघि बढाउने इञ्जिनीयर देवकोटाको भनाइ छ ।  जिल्लामा विद्यालय भवन र शौचालय निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट करीब रु ४० करोड बजेट विनियोजन भएको इञ्जिनीयर देवकोटाले जानकारी दिए ।

Loading...