महरालाई एकैचोटी १३ दिन म्याद थपियो

काठमाडौं । बलात्कारको प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

काठमाडौंका जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले यस्तो आदेश दिएको हो । यसअघि उनकै आदेशबाट प्रहरीले महरालाइ पक्राउ गरेको थियो ।

प्रहरीले महरालाइ असोज १९ गते बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको थियो । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन । त्यसैले आजसम्मका १० दिनका पनि जोडिने गरी म्याद थप गरेको छ । त्यसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक निर्णय गर्ने बताइएको छ ।

महरालाई प्रहरीले आज नर्भिक अस्पतालबाट अदालतमा हाजिर गराएको थियो । पक्राउ परेपछि स्वास्थ्य अवस्था बिग्रिएका कारण उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । नर्भिकबाटै उनलाई बबरमहलमा रहेको काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

Loading...