२१ शदीका नेपाली हिटलरको दर्दनाक कथा, जसले २० जनालाई इट्टा भट्टामा खसालेर जलाए

काठमाडाैं । विश्व इतिहासमा जर्मनीका हिटलरलाइ एक क्रूर शासक मानिन्छ । जसले सत्तामा हुँदा ठूलाे संख्यामा मानिसहरुलाइ ग्यासच्याम्बरमा हालेर मार्ने गर्दथे । अाज याे केवल इतिहास मात्र हाे । तर, त्यस्तै इतिहास सम्झाउने घटना नेपालमा भएकाे खुलासा भएकाे छ । त्याे पनि सत्तामा भएका शासकले हाेइन, सत्तामा पुग्न संसद बन्ने दाैडमा लागेका एक नेताले गरेकाे क्रूर अपराध । नेपालमै भेटिएका छन एक व्यक्ति जसले मानिसलाइ इट्टाकाे भट्टामा जलाएका छन । त्याे पनि एक जना दुइ जनालाइ हाेइन । २० जना मानिसलाइ एकैसाथ लगेर इट्टा भट्टामा हालेर जलाएकाे घटना खुलासा भएकाे छ । 

घटना हाे अाजभन्दा १२ वर्ष अघिकाे । प्रथम संविधानसभाको निर्वाचन ताकाको । २०६४ साल चैतमा नेपालमा पहिलाे पटक संविधानसभाकाे निर्वाचन भयाे । तर, त्यही बेला नेपालमा पहिलाे अनि एउटा भयानक घटना भएकाे अाज थाहा भएकाे छ । देस संविधानसभाबाट संविधान बनाउने भव्य तयारीका जुटिरहेका बेला घटेकाे त्याे घटना खाेज्दा खाेज्दा १२ वर्ष लाग्याे ।

२०६४ साल चैत २७ गतेका दिन नेपाली कांग्रेसका नेता अफताव आलमले वुथ कब्जा गर्ने तयारीका लागि वम बनाएकाे र साे बम बनाउने क्रममा २२ जना केही घाइते भए र केहीकाे मृत्यु भयाे । तर अालमले मृत्यु भएका र घाइते भएका सवैलाई उपचार गर्न लिने भन्दै  ट्याक्टरमा लोड गरेर एउटा इट्टा भट्टामा लिई र्निममतापूर्वक जलाए थिए ।

चुनावको अघिल्लो राती प्रतिपक्षीहरुको घर घरमा बम विस्फोट गराउने र मतदाताहरुलाई आतंकित पार्ने तयारीमा थिए आलम । बम बनाउने काम स्थानीय शेख इन्डियासको गोठमा प्रयोग गरिएको थियो र ओसी अख्तर नामका युवा त्यो कार्यमा सहभागी थिए, त्यो गोठबाट ती बमको चर्को आवाजसँगै हराए ।

संविधानसभाको चुनावको साँझ ढिलोसम्म छोराहरु घर नफर्केपछि सोधखोज सुरु भयो । घरपरिवारमा बम विस्फोटको आवाजले आतंकित पार्न थाल्यो । विस्फोटमा मारिएकाहरुलाई इट्टा भट्टामा जलाइएको आशंका गरिएको थियो ।

बम बनाउने क्रममा विस्फोटमा त्रिलोक र अन्य एक नेपाली तथा २० जना भारतीयको मृत्यु भएको हल्ला पिटियो ।

अचानक बिस्फोटपछि गौर अस्पतालबाट डाक्टरहरु झिकाएर घाइतेको उपचार पनि गरिएको थियो। त्रिलोक घाइतेमात्र भएका थिए। उनको मृत्यु भैसकेको थिएन भन्ने थियो। तर मरिसकेका र घाइते आठजनासहित २२ जनालाई घटना ढाकछोप गर्ने उद्देश्यले घिसारेर इँटाभट्टामा फालिएको थियो।

स्थानीय प्रशाससनले रुक्साना खातुन र श्रीनारायणले न्यायका लागि दोषीलाई कारबाही गरी पाऊँ भन्ने निवेदनसहित सर्वोच्च अदालत पुगेका थिए। अदालतले आलम र अन्य दोषीलाई पक्राउ गरी घटनाको अनुसन्धानी तथा कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।

आलम र उनका भाइ महताव आलमलाई हत्याको आरोप र घटनाका प्रमाण नस्ट गरेको अभियोग लागेको थियो। आलम दाजु भाइले घाइतेलाई उपचार गराउने बहानामा ट्याक्टरमा लोड गरी नातेदार मुस्ताक राजाको इट्टाभट्टामा जिउँदै जलाएका थिए। मुस्ताक तत्कालिन अवस्थामा विजय गच्छेदारको पार्टीमा प्रवेश गरे र अफतावलाई हराएर चुनाव जिते। गच्छेदार कांग्रेस प्रवेश गरेपछि राजा फेरि एमालेमा प्रवेश गरे र राज्यमन्त्री समेत भए। उनको पछि हृदयघातका कारण मृत्यु भयो।

हत्या र हिंसाको दुश्चक्रकै बीच मोहम्मद सविधानसभा सदस्यमा निर्वाचित भए । मन्त्रि बने । यही बीचमा सर्वोच्च अदालतमा निवेदन दिने रुक्साना रहस्यमय हिसाबले मारिइन्। अफताव आलम एक सिरियल किलर जस्तै हुन्, जसले एउटा घट्नाको ढाकछोप गर्नका लागि दर्जनौँ मानिसको बली चढाएका छन् । अत्यन्तै क्रूरतापूर्वक मानिसको जिउँदै भट्टीमा जलाएका छन् । तिनै अालम अहिले पक्राउ परेका छन । अब उनीमाथि के हुन्छ भन्ने पीडितहरु हेरिरहेका छन् । 

Loading...