गौर हत्याकाण्डका दोषी प्रचण्डतिर, जनयुद्ध लडेका नेताहरु विप्लवतिर

काठमाडौं, २१ भदौ । तेस्रो चरणको चुनावले तात्दै गएको प्रदेशमा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरिरहेका छन् । गौर हत्याकाण्डका दोषीलाई पार्टीमा भित्र्याएको भन्दै माओवादी केन्द्रका केही नेताहरुले विरोध गरेका छन् ।

२०६३ सालमा गौरमा २९ जना माओवादी नेता-कार्यकर्ताको हत्या गरिएको उक्त हत्याकाण्डमा प्रत्यक्ष सहभागी भएकाहरुलाई प्रचण्डले पार्टी प्रवेश गएको भन्दै पार्टी भित्रै असन्तुष्टी बढिरहेको छ ।

गौर हत्याकाण्डका दोषी माओवादी केन्द्रमा प्रवेश गरिरहँदा रोल्पाका जनयुद्ध लगेको नेता–कार्यकर्ता भने नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेकपाले मंगलबार रोल्पाको जुगार, नेर्पामा आयोजना गरेको भण्डाफोर सभामा वाईसिएल नेता झकबहादुर कुमाकी ‘दिपक’, त्रिवेणी गाउँपालिका नेता डम्बरबहादुर डाँगी ‘अभ्यास’, पार्टी जिल्ला सदस्य चतुर्मान केसी र रैबहादुर विश्वकर्मालगायतका नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको रोल्पा सेक्रेटरी जागृतीले जानकारी दिए ।

Loading...