योगेश भट्टराईका १४१ बुँदे छुट्टै प्राथमिकताका कार्यक्रम घोषणा

काठमाडौं, ९ भदौ । नेपालको एकमात्र अन्तराष्टिय विमानस्थल अब २४सै घन्टा सञ्चालनमा आउने भएको छ । मन्त्रालय सम्हालेपछि पहिलो पटक आफ्नो प्राथमिकताका कार्ययोजनाहरु सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस्तो घोषणा गरेका हुन् ।

सोमवार सिंहदरवारभित्र मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टराईले आफ्ना १४१ बुँदे प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गर्दै अब हवाई यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा पनि गरेका छन् । पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्षमा आफ्नो मन्त्रालय र मन्त्रालय अन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गरेका छन् । उनको प्राथमिकतामा पशुपतिनाथको मन्दिरको आरती युट्युबबाट लाइभ गर्ने योजना पनि परेको छ ।

मन्त्री भट्टराईको प्राथमिकताको कार्यक्रमममा यसअघि नै घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० पनि परेको छ । सन् २०२० लाई भव्य रुपमा मनाउन गैरआवासीय नेपालीको सहयोग लिइने उनले बताएका छन् । सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने यसअघिको लक्ष्यलाई सहयोग हुने गरी मन्त्री भट्टराईले आफ्ना केही नयाँ कार्यक्रम पनि घोषणा गरेका छन् ।

उनले यस अभियानमा गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान संचालन गरिने बताएका छन् । त्यसैगरी नेपालको पर्यटन प्रवर्द्धनका लागि विदेशस्थित नेपाली नियोगमा यस संस्थाको सहभागितामा टुरिस्ट हेल्प डेस्क संचालन गर्ने लगायत विविध कार्यक्रम सञ्चालन गर्ने उनको घोषणा छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैर आवासीय नेपाली संघबीच समझदारी नै गर्ने घोषणा गरेका छन् ।

यस्ता छन् मन्त्री भट्टराईका प्राथमिकताका कार्यक्रमको पूरा पाठसहित

Loading...