किर्तेको प्रमाण नपुगेपछि निकिताको जाहेरी अस्वीकृत

काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरुद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगे पनि प्रहरीले उजुरी लिन मानेन।

पौडेले टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन्। उनले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन खोजेकी थिइन्। तर, जाहेरी लिन आवश्यक नरहेको ठहरसहित प्रहरीले जाहेरी नलिएको हो।

पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा रविसहित तीन जना पक्राउ परेका छन्। उनीहरुलाई सोमबार मात्र थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आत्महत्या गरेका थिए।

पत्रकार पुडासैनीको १३ मिनेट लामो सुसाइट भिडियोको ल्याव परीक्षण भइसकेको र भिडियो किर्ते नभएको यसअघि नै प्रहरीले स्पष्ट गरिसकेको छ। भिडियो किर्ते भएको प्रमाणित नभएपछि प्रहरीले जाहेरीअस्वीकार गरेको हो।

Loading...