पक्राउ नपरेको भए यसो गर्ने तयारीमा थिए रवि लामिछाने, तर प्रहरीले थाहा पाएर पक्रियो

काठमाण्डौ । नुवाकोटका पत्रकार शालीकराम पुडासैनी हत्या प्रकरणमा नाम जोडिएपछि विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने तनावमा थिए ।

लामिछानेले आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासँग’ बाट पटकपटक आफूमाथिको आरोप गलत भएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिँदै आएका थिए । कार्यक्रमको बुधबारको इपिसाेडमा लामिछानेले २४ घण्टाभित्र आफूमाथिको अभियोग प्रमाणित नगरे प्रहरीको भण्डाफोर गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।

लामिछानेले घटनामा नाम जोडिएकी ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई एक प्रकारले नियन्त्रणमा लिएर बिहीबारको कार्यक्रममा आफ्नो पक्षमा बोल्न लगाउने तयारी गरेका थिए । त्यसैका लागि उनको समूहले युवती कार्कीलाई अघोषित नजरबन्दमा राखेको एक स्राेतले दावी गरेकाे छ । प्रहरीले युवतीलाई दबाबमा बोल्न लगाएर अनुसन्धान प्रभावित गर्न खोजेको चाल पाएपछि लामिछानेलाई तत्काल पक्रने निर्णय गरेको प्रहरीका एक वरिष्ठ अधिकारीले जानकारी दिए ।

पुडासैनीले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको पटकपटकको टर्चरका कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियो र अडियो रेकर्ड छाडेका थिए । मुलुकी अपराध संहितामा आत्महत्या गर्न बाध्य पार्नेमाथि कारबाहीको स्पष्ट व्यवस्था गरेको छ । रविसहित तीनैजनालाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ ।

आखिर रवि माथि किन आराेप किन ?

चर्चित पत्रकार रवि लामिछाने र मृतक पुडासैनी सिधाकुरा जनतासँगै लामाे समय सँगै काम गरेका थिए । अात्महत्या गर्नु अघि पुडासैनीले दुइ वटा भिडियाे क्लिक रेकर्ड गरेकाे प्रहरीले जनाएकाे छ । त्याे भिडियाे बाहिरिएपछि रविलाइ गिरफ्तार गरिएकाे हाे । 

पुडासैनीले भिडियोमा आफू डिप्रेसनको शिकार भएको उल्लेख गरेका छन् । मृत्युसम्म आइपुग्दा र यी विभिन्न क्रियाकलापबाट उनी झनै समस्यामा परेको देखिन्छ । यस्तो डिप्रेसनमा परेको मान्छेले भिडियोमा कसैमाथि आरोप लगाउँदैमा वा नाम जोड्दैमा नागरिकको आवाज बोल्ने पत्रकार रवि लामिछाने जस्तो व्यक्तिलाई पक्राउ गर्न नहुने उनका समर्थकको भनाइ छ । पत्रकार लामिछानेले आफ्नो पहिलो स्टाटसमै शालिकराम ठूलो भ्रममा रहेछन् भन्ने उल्लेख गरेका छन् । शालिक आफैले पनि रवि लामिछानेलाई प्रत्यक्ष जोडेका छैनन । उनले संरक्षण गरेको भन्ने भाव मात्र देखिन्छ । युवराज कँडेल र अन्य व्यक्तिले सिधाकुरा जनतासँग कार्यक्रममा काम गर्न दवाव दिएको भन्ने उनको भिडियोको भाव छ । साथै अरुहरुकै बाध्यता वा दवावले काम गर्न पुगेको उनले प्रष्ट पारेका छन् । रविले काममा मात्र लगाउने गरेको भन्ने छ । यस्तो अवस्थामा कोही कसैले शालिकरामलाई पूरै भ्रमित पारेर रविमाथि केही त्यस्ता आरोप लगाउने स्थिति बनायो कि भन्ने आशंका समर्थकले गरेका छन् ।

रविले शक्ति सम्पन्नहरुले गरेका कमजोरीमाथि निरन्तर प्रहार गर्दै आएका छन् । उनले सबैतिर प्रहार गरिरहेका कारण उनीबाट रुष्ट बनेका वा त्रसित बनेकाहरु यही मौका उठाएर रविलाई तह लगाउन चाहन्छन् ।

Loading...