सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले

सयाै भारतीय तिर्थयात्रुहरु फर्काइए । भारतीय सेनाकाे मानव साङ्लाे पार गरी भारत छिरे चिनियाँ सैनिक

काठमाडाैं । भारत सिक्किमकाे सीमा क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएकाे खबर अाएकाे छ । सिक्किमकाे नाथुला क्षेत्रमा दुर्इ देशका सैनिक बीच भएकाे झडपका बारेमा भारतीय सञ्चारमाध्यामले निकै प्राथमिकता दिएका छन् । त्यस क्षेत्रमा पछिल्ला १० दिनमा यस्ता झडप सामान्यत: दैनिक भइरहेकाे बताइन्छ ।

भारतीय टेलिभिजन च्यानलहरुमा दुर्इ देशका सैनिकबीच भएकाे झडपकाे भिडियाे पनि देखाइएकाे छ । चिनियाँ जनमुक्ति सेनाकाे एक टाेली सिक्किममा प्रवेश गरेपछि भारतीय सेनाले उनीहरुलार्इ राेकेकाे र त्यसपछि उनीहरुबीच सामान्य झडप भएकाे बताइएकाे छ । सार्वजनिक गरिएकाे भिडियाेमा ह्याट लगाएका चिनियाँ सेनाका जवानहरुलार्इ भारतीय सेनाकाे टाेलीले राेक्न खाेजेकाे देखिन्छ । साथै केही चिनियाँ सैनिकहरु त्याे दृष्यलार्इ क्यामेरामा कैद गरिरहेकाे पनि देखिन्छ ।

याे समाचार सार्वजनिक भएसँगै सिक्किमकाे भारत-चीन सीमा क्षेत्रमा तनाव उत्पन्न भएकाे छ । दुर्इ देशकाे सीमा क्षेत्रमा रहेकाे नियन्त्रण रेखा पार गरेर चिनियाँ सेनाकाे ठूलाे टाेली भारतीय इलाकामा प्रवेश गरिसकेकाे छ । भारतीय सेनाले नियन्त्रण रेखा क्षेत्रमै चिनियाँ सैनिकलार्इ राेक्ने काेशिस गरे पनि सकेकाे छैन । भारतीय सेनाले ठूलाे संख्यामा अाफ्नाे टुकडी नियन्त्रण रेखा क्षेत्रमा तैनाथ गरेर मानव साङ्लाे बनाए पनि चिनियाँ सैनिकलार्इ राेक्न सकेकाे छैन ।

यसैबीच चिनियाँ सेनाले कैलाश मानसराेवर जाने भारतीय तिर्थयात्रीहरुलार्इ राेकेकाे छ । सिक्किमकाे नाथूला सीमा क्षेत्र नजिक पुगेका भारतीय तिर्थयात्रुहरुकाे दुर्इ टाेलीलार्इ चिनियाँ टाेलीले फर्काइदिएकाे छ । याे सिजन ठूलाे संख्यामा भारतीयहरु मानसराेवरकाे यात्रामा जाने गर्दछन् । हिन्दुहरुका देवता शिवकाे दरवार रहेकाे मानिने कैलाश मानसराेवर भारतीय तिर्थालुहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । चिनियाँ सेनाले यसअघि दुर्इ टाेलीलार्इ फर्काइदिएपछि नयाँ दिल्लीबाट मानसराेवर तिर्थ यात्रामा जान तयारी गरिरहेका तिर्थ यात्रुहरु र तिर्थ यात्रामा पठाउने ट्राभल एजेन्सीहरु चिन्तित बनेका छन् । भारतीय संचारमाध्यमले जनाएअनुसार अहिले पनि भारतकाे नयाँ दिल्लीस्थत गुजराती समाज भवनमा मानसराेवरका लागि जान तयारी अवस्थामा रहेकाे ठूलाे टाेली छ । उनीहरुले यात्राकाे सबै प्रवन्ध गरिसकेका छन् । मेडिकल चेकअप गरिसकेर उनीहरु अाजै म‌ंगलबार नाथूला प्रस्थान गर्ने कार्यक्रम रहेकाे थियाे ।

 

Loading...