विमानमा चरा ठोक्किएपछि चालकले ठूलो जोखिम उठाएर मकैबारीमा गरे आकस्मिक अवतरण

एजेन्सी । रुसमा २३३ यात्री बोकर उडेको यात्रुवाहक विमानमा एक्कासी चरा ठोक्किएपछि दुर्घटना हुन लागेको विमानलाई मकैबारीमा आकस्मिक अवतरण गरिएको छ ।

मस्को शहरको जुकोभ्स्की विमास्थलबाट क्राइमियाका लागि उडान भरेको विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो । चरा ठोकिएपछि असन्तुलित बनेर दुर्घटना हुन लागेको विमानलाई चालकले मकैबारीमा आकस्मिक अवतरण गराएका थिए ।

विमानस्थलको धावनमार्गबाट केही पर रहेको मकैबारीमा सो विमान अवतरण गराउनु परेको युराल एयरलाइन्सले जनाएको छ । आकस्मिक अवतरणका क्रममा २३ यात्री घाइते भएका बताइएको छ । युराल एयरलाइन्सको यस विमानमा २ सय २६ जना यात्रु र सात चालकदलका सदस्य रहेका रुसी हवाई उड्ययन अधिकारीहरुले बताएका छन् ।

Loading...