फुट्यो चर्चित तुरतुरे ताल, बडीगाड खोलामा भीषण बाढी

बागलुङ, २० साउन । बागलुङ जिल्लाको ढोरपाटन र बडिगाडको सीमानामा रहेको तुरतुरे ताल फुटेको छ । सोमबार विहान साढे ६ बजे ताल फुटेको हो ।

ताल फुट्दा बडीगाड खोलामा पानीको सतह निकै बढेको छ । पानीको सतह बढी बाढी आउँदा मध्यपहाडी लोकमार्ग भत्किएको छ । यो सँगै राजमार्ग अवरुद्ध भउको छ ।

खोलामा एक्कासी पानीको सतह बढेपछि तटिय क्षेत्र भिमगिठे , खाल, खार र खर्वाङ बजारका बासिन्दा त्रसित भएका छन् ।

Loading...