सरकारले राजेन्द्र महतोसहित ८ नेपालीको नागरिकता खोस्यो

काठमाडाैं, १९ साउन । सरकारले ८ जना नेपालीकाे नागरिकता रद्द गरेकाे छ । विभिन्न समयमा झुटाे विवरण पेश गरेर नेपाली नागरिकता लिएकाे पत्ता लागेपछि सरकारले उनीहरुकाे नागरिकता खाेसेकाे हाे । 

मन्त्रिपरिषदकाे बैठकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका आठ जनाको नागरिकता प्रमाण पत्र रद्द गर्नेबारे साउन १६ गते गरेकाे निर्णय ३ दिनपछि अाज सार्वजनिक गरेकाे हाे । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदले आठ जनाको नागरिकता रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको जानकारी दिए । 

यसरी नागरिकता खाेसिएकाहरुमा अशोक साह, बिन्दे महतो, दानादेवी महतो (विन्दे महतोको पत्नी, वैवाहिक अंगीकृत), सोशिल महतो (दानादेवीकी बुहारी), राजेन्द्र महतो, राजेश्वर महतो, राम किशोर महतो र राजकुमार महतो रहेका छन् ।

हेर्नुहाेस मन्त्रिपरिषदका पूरा निर्णयहरु

Loading...