गोरे र ३८ क्वीन्टल सुन प्रकरणमा सर्वोच्चले दियो यस्तो आदेश (आदेशको पूर्ण पाठसहित)

काठमाडौं, १७ साउन । गाेरे नामले चर्चित सुनप्रकरणमा सर्वाेच्च अदालतले फैसला सुनाएकाे छ । सर्वोच्च अदालतले सनम शाक्य हत्या तथा ३८ क्विन्टल सुन तस्करी प्रकरणमा उच्च अदालतको आदेश नै सदर गरेकाे हाे । 

सर्वाेच्चका न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले यस्ताे फैसला सुनाएकाे हाे । फैसलामा याे प्रकरणमा मुछिएका महावीर गोल्यानसँग १० लाख धरौटी माग गरिएको छ । सर्वोच्चले उक्त प्रकरण आरोपी अन्यको हकमा उच्च अदालत विराटनगरको फैसलाई सदर गरेको छ ।

असार १९ गतेदेखिको निरन्तर सुनुवाईपछि सर्वोच्चले उच्च अदालत विराटनगरको आदेशविरुद्ध निवेदन दिएकाको हकमा उच्च अदालतको आदेश सदरको फैसला गरेको हो ।

सर्वोच्चले आरोपीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेलसहित २९ जनालाई थुनामा राख्ने निर्णय सदर गरेको हो ।

हेर्नुहाेस् यस्तो छ आदेश

Loading...