रोल्पाबाट शर्मा रङ्गेहात समातिइन्

रोल्पा, १९ असार । घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका खरिदार अख्तियारको फन्दामा परेकी छन् । खरिदार निता शर्मा घुस रकम सहित अख्तियारको फन्दामा परेकी हुन् ।

कार्यालयले खरिद गरेको सामानको भुक्तानी वापत सेवाग्राहीसँग घुस लिए पछी उनलाई अख्तियारले नियन्त्रणमा लिएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

खरिदार निता शर्मालाई सेवाग्राहीसँग रू.७०,००० रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार  प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए । उनलाई उक्त घुस रकम सहित बुटवल उपमहानगरपालिका वडा नं.२ मनकामना मन्दिर नजिकबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले  जानकारी गराए 

Loading...