अर्घाखाँची सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना

अर्घाखाँची, १९ असार । जिल्लाको ग‍ोरुसिंगे सन्धिखर्क सडकखण्डको सीतापुर सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ५ जना गम्भीर घाईते भएका छन्।

मृत्यु हुनेमा जिप चालक सन्धिखर्कका सुमन्त भुसाल रहेका छन् भने दुई जनाको शनाखत हुन सकेको छैन। कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जिप सडकबाट झन्डै ५ सय मिटर तल भीरबाट खसेर दुर्घटनाग्रस्त थियो ।

दुर्घटनामा परि घाइते ५ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा प्राथमिक उपचार भइरहेको छ। घाइते सबैको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल ल्याउने तयारी भइरहेको छ। दुर्घटना बारे खुल्न सकेको छैन। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

Loading...