प्रीय कमरेड ! तिमी थुनिएको शहरमा छु

प्रीय कमरेड !
प्रीय सुदर्शन !!
तिमी थुनिएको शहरमा छु
तिमी डामिएको शहरमा छु
र, चुपचाप चुपचाप
हेरिरहेछु अनेक खेल र चलखेलहरु !!
हेरिरहेछु अनेक ताल र जालझेलहरु
…………….
थुनेर तिमीलाई फलामे खोरमा
मेरा नायकहरु/मेरा कमरेडहरु
सिसमहलमा दिपावली गरिरहेछन्
चियर्स गरिरहेछन् !
र, छादिरहेछ्न् सहिदका तस्वीरहरुमा
हुलुलु, हुलुलु !!
…………

जुनदिन मेरै अघिल्तिरबाट
घिसार्दै घिसार्दै तिमीलाई
नख्खु पुर्‍याए मेरा कमाण्डरहरुले
प्रीय कमरेड !
प्रीय सुदर्शन !
सुल परेको थियो मेरो मुटुमा त्यसदिन
विचलित छु म त्यसदिनदेखि !!
अचेत छु म त्यसदिनदेखि !!
………………………………

सम्झेर अहिले तिमीलाई
रुँदै र धिक्कार्दै आफूलाई
बागमतिमा सेलाइरहेछु
तिमीले दिएका प्रीय सपनाहरू
ए अथक योद्धा !
ए प्यारो कमरेड !!
ए सुदर्शन !!!
मलाई माफ गर है !!
म विचलित छु !!
म अचेत छु !!
………..
थुक्क म !
मर्न नसकेको म !!

Loading...