प्रधानमन्त्री कार्यालयलाई नै झुटो प्रतिवेदन । तै चुप मै चुप

काठमाडौं, १७ साउन । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिँदा काम पूरा हुन त परै जाओस्, सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन्।

प्रधानमन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले ‘खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो रिपोर्ट पठाएको’ बताए। ‘कतिपय रिपोर्ट हेर्दा विश्वास नलागेर हामी स्थलमै पुगेका थियौं,’ प्रधानमन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले भने, ‘काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठाएको पायौं।’

प्रधानमन्त्री कार्यालयमा सोमबार सरोकारवाला निकायले कामको विवरण पठाएका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० ले ६८ प्रतिशत, सडक विभागले ८३ प्रतिशत, पिआइडीले ९१ प्रतिशत, बागमती सभ्यताले ९० प्रतिशत र धोबीखोला करिडोर आयोजनाले ७४ प्रतिशत काम सकिएको रिपोर्टमा उल्लेख गरेका छन्।

तर रिपोर्टअनुसार काम नभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जानकारी दिए। उनका अनुसार यी निकायले काम नभएका ठाउँमा पनि काम भयो भनेर रिपोर्ट पठाएका छन्।

 

Loading...