माओवादी आक्रमणमा परी १६ पुलिस मारिए

एजेन्सी । भारतकाे महाराष्ट्रमा भारतीय माओवादीकाे आक्रमणमा परी १६ जना भारतीय सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ । महाराष्ट्र गढ़चिरौलीकाे कुरखेडा तालुका भन्ने ठाउँमा माओवादी सेनाले सुरक्षाकर्मी चढेकाे सवारीमाथि आक्रमण गरेपछिकाे भिडन्तमा परी उनीहरुकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमध्ये सबै जना महाराष्ट्र प्रहरीकाे सी–६० कमाण्डाेहरु भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त आक्रमण भारतमा जनयुद्ध लडिरहेकाे भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । माओवादी आक्रमणकारीले उक्त क्षेत्रमा बिहानैदेखि गाडीहरु राेकेका थिए । त्यसपछि प्रहरीकाे एउटा कमाण्डाे टाेली गएकाे र अन्तत: साेही गाडीलाइ भारतीय माओवादीले आक्रमण गरेका हुन । महाराष्ट्रकाे गढ़चिरौली क्षेत्र भारतीय माओवादीकाे सबैभन्दा बढी प्रभाव रहेकाे क्षेत्र मानिन्छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेंद्र फडणवीसले आफ्नाे ट्वीटरमा उक्त घटनाबारे लेखेका छन् । त्यसैगरी यस घटनाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी र गृहमन्त्री राजनाथ सिंहले पनि ट्वीट गरेका छन् ।

के हाे सी–६० कमाण्डो

भारतीय माओवादीकाे रणनीतिसँग मुकाविला गर्नका लागि महाराष्ट्रले एक विशेष दलकाे स्थापना गरेकाे छ । जसमा स्थानीय जनजातिहरुलाइृ पनि सामेल गरिएकाे छ । १९९२ मा बनेकाे यस विशेष दलमा ६० जना स्थानीय जनजाति समूहका मानिसहरु सामेल गरिएका छन । विस्तारै याे दलकाे क्षमता बढाउँदै लगिएकाे छ । भारतीय माओवादीका विरुद्ध यस दस्ताले आफ्नाे अप्रेशन पनि बढाउँदै लगेकाे छ । यस दलमा सामेल भएका जनजाति समूहका मानिसहरुले स्थानीय जानकारी, भाषा र संस्कृतिकाे जानकारीका कारण माओवादी लडाकुलाइृ चुनाैती दिँदै गएकाे बताइन्छ ।

Loading...