१५८ यात्रु बोकेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किँयो

काठमाडौं, ५ बैशाख । मलेसियाको राजधानी क्लालामपुरबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा आज (बिहीबार) बिहान चरा ठोक्किएको छ ।

निगमको उडान नं.आरए ४१६ अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला पछाडिको ल्याण्डिङ गियर (पाङग्रा) मा चरा ठोक्किएको थियो । श्रोत भन्छ,‘ठूलो क्षति हुनबाट जोगियो, उडानमा रहेका बेला इन्जिनमा चरा ठोक्किएको भए करोडौं नोक्सानी हुने थियो ।’

चरा ठोक्किएको विमान निगमको न्यारोबडी विमान हो । नेपाली नाम सगरमाथा रहेको यसको कलसाइन किलो व्हिस्की हो । निगमका प्राविधिकहरुले बिहीबार बिहानै जाँच गरी जहाज ग्राउन्डेड गर्न नपर्ने बताएका छन् ।

जहाज निगमले २०७१ माघमा एयरबससँग खरिद गरेर ल्याएको पहिलो ब्रान्डन्यू एयरबस हो । यसअघि भदौंमा पनि क्लालामपुरबाट १ सय ५८ यात्रु बोकेर काठमाडौंमा अवतरण गर्दैगर्दा यसको बायाँ पखेटाको एयरफ्रेममा चरा ठोक्किँदा ग्राउन्डेड भएको थियो ।

Loading...