विप्लवमाथि प्रतिबन्ध पार्टीमा सल्लाह नै नगरेर लगाएको भन्दै माधव नेपालले जनाए आपत्ती

काठमाडौं, २९ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति धेरैले आपत्ती जनाएका छन् । यसैक्रममा सरकारको नेतृत्व गरिरहेको दल नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारको निर्णयप्रति आपत्ती जनाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।

नेता नेपालले पार्टीमा छलफल नै नगरेर यो निर्णय गराइएको खुलासा पनि गरेका छन् । उनले विप्लवको पार्टीमाथि प्रतिबन्ध गर्नु उचित नभएको बताउँदै यसले झन समस्या सिर्जना गर्ने बताएका छन् । नेता नेपालले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैलीप्रति आपत्ती पनि जनाएका छन । उनले सरकारको यो निर्णयमा आफ्नो साथ नरहने पनि बताएका छन् ।

उनले भने, ‘पार्टीभित्र छलफल भएको छैन । पार्टीभित्र गम्भीर विषयमा छलफल हुनुपर्थ्यो । यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मुख्य कदमहरु उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ । बैठकमा छलफल हुनुपर्छ । यस्तो किसिमको कार्यशैली उचित होइन ।’

नेता नेपालले वर्तमान सरकार काम भन्दा बढी प्रचारमा जुटेको पनि आरोप लगाए । ‘कुनै पनि चिजको निम्ति राम्रो, गम्भीर तयारी गरेर, पर्याप्त छलफल गरेर सरोकार भएका ठाउँमा छलफल चलाएर कदम चाल्नुपर्ने हो, अपरिवक्व ढंगले निर्णय गरेको देखियो ।’ नेता नेपालले भने, ुसोधेपछि, सल्लाह गरेपछि अरुले पनि जिम्मा लिन्छन्, डिफेन्ड गर्छन् मौरीजस्तो जाइलाग्छन्, वास्तै गरिएन भने किन जिम्मा लिने रु’

Loading...