कार्यालयमै ६० हजार घुस लिँदालिँदै नगरका सवइन्जिनियर परे अख्तियारको फन्दामा

कञ्चनपुर, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गर्दा कन्चनपुरको एक नगरपालिकाका एक सव इन्जिनयरलाई पक्राउ गरेको छ । 

आयोगको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर हृदयराज बजगाईलाई सेवाग्राहीबाट ६० हजार घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको हो । आयोगको कञ्चनपुर कार्यालयले आइतबार दिउँसो नगरपालिका कार्यालयमै पक्राउ गरेको हो ।

अख्तियारको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले आइतबार दिउँसो नगरपालिकाको कार्यालयमै अख्तियारको टोलीले बजगाईलाई रंगेहात पक्राउ गरेको जानकारी दिए । एउटा निर्माण सम्पन्न भइसकेको कल्भर्टको बिल फरफारक गरिदिए बापत उक्त रकम घुस लिएको थाहा भएको छ ।

बेलौरी नगरपालिकाको चालु आर्थिक वर्षको बजेट अन्र्तगत निर्माण गरिएको कल्भर्टको निर्माण सम्पन्न भइसकेपछि बिल फरफारक गरिदिए बापत निर्माण व्यवसायीसँग सब(इन्जिनियर बजगाईले ६० हजार माग गरेका थिए।

निर्माण सम्पन्न भइसके पनि बिल फरफारक गरिएको थिएन्। निर्माण व्यवसायीसँग बिल फरफारक गरे बापत उनले ६० हजार दिनुपर्ने अनि काम हुने भनेपछि सेवाग्राहीले अख्तियार गुहारेको कार्यालय स्रोतको दाबी छ।

अख्तियारको कञ्चनपुरस्थित कार्यालयले घुस लिएको अवस्थामा पक्राउ परेका सवइन्जिनियरका विषयमा थप अनुसन्धान अघि बढाइने जनाएको छ।

कार्यालयले घुस लिइरहेको अवस्था पक्राउ परेका सब(इन्जिनियर बजगाईलाई थप अनुसन्धान र कारबाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइने र त्यही अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्ने जनाएको छ।

Loading...