गत भदौ २४ को विध्वंस रहस्यमय छ, गम्भीर अनुसन्धान गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका छन् । भदौ २४ गतेलाई नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र भयानक विध्वंसको दिनका रूपमा उल्लेख गर्दै उनले विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्नुपर्ने बताएका हुन् । ‘आजको दिनलाई सम्झिदा मैले नेपालको […]

भदौ २४ नेपालको लोकतान्त्रिक इतिहासको कालो दिन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा, लुटपाट र विध्वंशबारे निष्पक्ष, स्वतन्त्र तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेका छन्। जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो माग गरेका हुन् । संयोजक प्रचण्डले आन्दोलनको मूल भावना र […]

रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभामा आज सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । रास्वपाका एक सांसदका अनुसार सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी, उद्धार, पुनर्स्थापना, राहत वितरण लगायतबारेमा सम्बोधन गर्ने छन् । संसद् बैठक बुधबार दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री […]

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । यसैगरी, […]

गगन थापा भन्छन् : देउवासँग भेटेर कुरा गर्न चाहेको छु, तर समय पाएको छैन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले हरसम्भव प्रयास गर्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवासँग भेट्ने समय नपाएको बताएका छन्। आइतबार र सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उक्त कुरा जानकारी गराएका हुन्। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सभापति थापाले भदौ ५ गते (शुक्रबार) देउवाका स्वकीय सचिव […]

शहीद वासु र वैरागीको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । काठमाडौँमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०५६ सालमा गोरखामा वाग्ले र […]

विनाशकारी बाढीको १२ औं दिनमा राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले के भने ? पूर्णपाठसहित

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रको नाममा सम्बोधन गरेका छन् । विनाशकारी बाढी र पहिरोले बितण्डा मच्चाएको १२ दिनपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो कठिन परिस्थितिमा सम्पूर्ण राजनीतिक दल र नागरिकहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । यो समय दोषारोपण वा राजनीतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको […]

रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रूबिओबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रूबिओबीच टेलिफोन कुराकानी भएको छ। सोमबार उनीहरूबीच कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ। कुराकानीका क्रममा रुबिओले भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै सरकार र नेपाली जनताको साथमा रहेको बताएका थिए। लामिछानेले कुराकानीका क्रममा सरकारले सम्भव भएसम्म सबै शक्ति उद्दार र राहत […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्नेछ । आइतबार सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो । बैठकमा सभापति थापाले भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा […]

मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक

काठमाडौँ। मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णय सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकका मुख्य ७ निर्णय १.एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी […]