काठमाडौ उपत्यका अझै कोरोना संक्रमणको टप लिस्टमा, आज पनि राजधानीमा थपिए २२४ संक्रमित

काठमाडाैं, ८ भदाै । काठमाडौं उपत्यकामा आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी उपत्यकामा जम्मा २२४ जना संक्रमित थपिएकाे जनाएकाे छ । आइतबार काठमाडौँ उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना थिए ।

यसैगरी मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएकाे जनाएकाे छ । १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हाे ।

सोमबारसम्म कूल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

Loading...