काठमाडौं उपत्यकामा ४४५, देशभर १२२८ कोरोनाका नयाँ संक्रमित भेटिए

१८ भदौ, काठमाडौं । बिहीबार १२२८ जना नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३४१३ नमूना परीक्षण गरिएकाेमा १२२८ नयाँ संक्रमित बिहीबार थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी संक्रमित काठमाडाैं उपत्यकामा देखिएकाे जनाएकाे छ । काठमाडौं उपत्यकामा बिहीबार ४४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौं जिल्लामा २५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना छन् ।

त्यसैगरी सर्लाहीका १०९ जना, बाराका ७१, पर्साका ६५, धनुषाका ६४, चितवनका ५६, रुपन्देहीका ५२, मोरङका ४६, कास्कीका ३१, रौतहटका २९, सुनसरीका २७, मकवानपुरका २२, महोत्तरीका २०, कैलालीका १५, झापाका १२, कपिलवस्तुका ११ तथा गुल्मी र बझाङका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै लमजुङ र नवलपरासीका ९/९ जना, बाँकेका ८, ओखलढुंगा, काभ्रे र सुर्खेतका ७/७ जना, संखुवासभा, नवलपुर, दैलेख र अछामका ६/६ जना, दोलखा, गोरखा र बर्दियाका ५/५ जना, नुवाकोट, दाङ र डोटीका ४/४ जना, धनकुटा, धादिङ, सिन्धुपाल्चोक, तनहुँ र कञ्चनपुरका ३/३ जना, उदयपुर, तेह्रथुम, पाल्पा, प्युठान, कालीकोट, सल्यान, दार्चुला र बैतडीका २/२ जना तथा सप्तरी, रामेछाप, बाग्लुङ र जाजरकोटका १/१ मा संक्रमण देखिएको छ ।

बिहीबार थपिएका संक्रमितहरुमध्ये ३९४ महिला र ८३४ पुरुष रहेकाे मन्त्रालयले जानकारी दिएकाे छ । यससँगै नेपालमा कूल काेराेना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । जसमध्ये २५७ जनाको मृत्यु भएको छ । २४ हजार २०७ जना कोरोनमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९१७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

Loading...