चिनियाँ जलक्षेत्रनजिक पुगेका बेला अमेरिकी जासुसी विमानले हेक्सकोड बदल्यो

एजेन्सी । एउटा अमेरिकी जासुसी विमानले फिलिपिन्सको विमानजस्तो देखिनेगरी आफ्नो हेक्स कोड परिवर्तन गरेको छ। बेइजिङस्थित साउथ चाइना सी स्ट्रटेजिक सिचुएसन प्रोबिङ इनिसियटिभ र एयरक्राफ्ट स्पट्स नामक संस्थाका अनुसार सो विमानले पित सागरमाथि उडिरहेको बेला हेक्स कोड परिवर्तन गरेको हो। इन्टरनेसनल सिभिल एभियसन अर्गजनाइजेसनले सबै विमानलाई परिचयका रुपमा हेक्स कोड दिने गर्छ। जसलाई बदल्न पाइँदैन। […]

दक्षिण कोरियाका राष्ट्रपतिले गरे कोरियाली युद्ध अन्त्यको घोषणा

काठमाडाैं । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले सन् १९५० मा सुरु भएको कोरियाली युद्ध औपचारिक रुपमा अन्त्य गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघको ७५ औँ महासभामा पठाएको एक भिडियो सन्देशमा मुनले सो प्रस्ताव राखेका हुन्। सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यसँगै कोरियाली प्रायद्वीपलाई उपनिवेश बनाएको जापानले आत्मसमर्पण गर्‍यो। त्यसपछि अस्थायी प्रबन्धका रुपमा कोरियाको उत्तरी […]

अस्ट्रेलियाको समुद्री किनारमा फसेका ९० ह्वेल मरे

एजेन्सी । अस्ट्रेलियाको तास्मेनियाको तटमा फसेका २७० ह्वेलमध्ये एक तिहाइ मरेका छन्। अझै धेरै मर्न सक्ने उद्धारकर्ताले चिन्ता व्यक्त गरेका छन् । सोमबार ह्वेलहरुको समूह फसेको थाहा भएको थियो । समुद्री जीवविज्ञहरु ह्वेलहरु बचाउनका लागि प्रयास गरिरहेका छन् । ह्वेलहरु कसरी समुद्रको तटसम्म पुगे भन्ने खुलेको छैन । सो क्षेत्रमा ह्वेलहरु समुद्री किनारमा बस्ने सामान्य […]

भारतका १० सीमा गस्ती क्षेत्रमा चिनियाँ सैनिकको कब्जा

एजेन्सी । भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (एलएसी) मा रहेका भारतका कम्तीमा १० वटा पेट्रोलिङ्ग पाइन्ट्स (गश्ती गर्ने क्षेत्र) मा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएको खबर प्रकाशित भएको छ। भारतको अंग्रेजी पत्रिका द हिन्दूले प्रकाशित गरेको खबरमा उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका १० वटा पेट्रोलिङ्ग प्वाइन्टमा चिनियाँ सैनिकका कारण भारतीय […]

सरकारले कृषि अध्यादेश ल्याएपछि मन्त्री हरसिमरत काैरले दिइन् राजीनामा

काठमाडाै । भारत सरकारले बिहीबार कृषि सम्बन्धित अध्यादेश ल्याएपछि केन्द्रीय मन्त्री एवं शिरोमणि अकाली दलकी सांसद समेत रहेकी हरसिमरत काैर बादलले मोदी सरकारको क्याबिनेटबाट राजीनामा दिएकी छिन्। बीजेपीकी सहयोगी समेत रहेकी शिरोमणि अकालीले दल अध्यादेश ल्याएको भन्दै राजनीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै मोदी क्याबिनेटमा झट्का लागेको छ। बिहीबार जब लोकसभामा बिल पेश गरियो […]

सुगा बने जापानको नयाँ प्रधानमन्त्री

काठमाडाैं । जापानको नयाँ प्रधानमन्त्री योशिहिदे सुगा बनेका छन् । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको थियो । गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ७१ वर्षका योशिहिदे यसअघिको मन्त्रीपरिषदमा मन्त्रीपरिषद सचिवको […]

जापानमा सुगा नया प्रधानमन्त्री हुने निश्चित

सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा बिजय भएसंगै जापानले नयाँ प्रधानमन्त्रीको रुपमा योसुहिदे सुगालाई पाउने निश्चित भएको छ । प्रधानमन्त्रीको चुनाव भने १६ तारिखमा हुने छ । जापानका तत्कालिन प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारणले राजीनामा दिएपछि उनको उत्तराधिकारी चयनका लागि पार्टीमा चुनाव भएको थियो । बिभिन्न चरणमा गरिएको चुनावमा सुगाले कुल मतको ३७७ मत प्राप्त […]

एकहजार बढी चिनियाँ विद्यार्थी तथा अनुसन्धानकर्ताको भिसा अमेरिकाले रद्द गर्यो

काठमाडाैं । अमेरिकाले एक हजार भन्दा बढी चिनियाँ विद्यार्थी तथा अनुसन्धातकर्ताको भिसा रद्द गरेको छ। राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुन सक्ने देखिएकाले चिनियाँ विद्यार्थी तथा अनुसन्धाकर्ताको भिसा रद्द गरेको अमेरिकाको भनाई छ । गएको मे मा चीनको सेनासँग सम्बन्ध भएका चिनियाँ अनुसन्धानकर्ताले केही जानकारी तथा बौद्धिक सम्पत्ति चोरी गरेको हुन सक्ने अभियोग अमेरिकाले लगाएको थियो […]

मस्काेमा वार्ता गरेर रुस र चीनका विदेश मन्त्रीले गरे पाँच बुँदे सहमति

काठमाडाैं । भारत र चीनबीच वास्तविक नियन्त्रण रेखा (एलएसी)मा जारी तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ । भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको समाचार संस्था एएनआईले जनाएको छ। सीमामा तनाव कम गर्न दुवै देशका विदेशमन्त्रीको बैठकले पाँच बुँदे सहमति गरेको […]

भारतमा एकैदिन ९० हजार बढी कोरोना संक्रमित भेटिए

एजेन्सी । भारतमा एकैदिन ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो अहिलेसम्मकै उच्च रेकर्ड हो । यस्तै बितेको चौबिस घण्टामा एक हजार ६५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु […]