नामिवियामा एेतिहासिक जित निकालेको नेपाली क्रिकेट टोलीलार्इ विमानस्थलमा भव्य स्वागत

काठमाडाैं, ६ फागुन । नामिबियामा बिहीबार सम्पन्न आइसिसी विश्व डिभिजन–२ क्रिकेट लिगमा एेतिहासिक जित निकाल्दै स्वदेश फर्किएकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलार्इ भव्य स्वागत गरिएकाे छ । विश्व डिभिजन २ लिगमा उपविजेता बनेकाे नेपाली टाेलीलार्इ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएकाे हाे । शनिवार राती ९ बजे विमानस्थलबाट बाहिरिएकाे टाेलीलार्इ ठूलाे संख्यामा जम्मा भएका समर्थकले स्वागत गरेका हुन् ।

साे क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)मा देखिएको समस्याका कारण अाफूहरुले अझै साेचेजस्ताे गर्न नपाएकाे र क्रिकेटकाे विकास अड्किएकाे बताए । उनले क्यानभित्रकाे समस्या तत्काल समाधान हुनुपर्ने बताए । कप्तान खड्काले गत साता आइसिसीले क्यान विवाद दुई महिनाभित्र समाधान गर्नुपर्ने जनाएको बताउँदै छिटाेभन्दा छिटाे विवादकाे अन्त्य गर्नुपर्ने बताए ।

कप्तान खड्काले भने ‘अहिले पनि हामी आइसिसीको व्यवस्थापनमा हिँडिरहेका छौँ, आफ्नै संघ हुँदा काम गर्न सहज हुन्छ, यसका लागि हामीसँग दुई महिना समय छ ।’

डिभिजन–२ को उपविजेता हुँदै सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरणअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले आउँदो केहीदिनभित्र तयारी थाल्ने उनले बताए । ‘हामी थोरै आराम गर्छौँ त्यसपछि खेलाडीहरू छनोट चरणको तयारीमा लाग्नेछन्,’ उनले भने ।

ऐतिहासिक प्रदर्शन गरी घर फर्किएका स्टार क्रिकेटले एकदिवसीय विश्वकप छनोटमा उत्कृष्ट नतिजा निकाल्न एक्सपोजरको आवश्यकता रहेको महसुस गरेका छन् । अधिकांश खेलाडीले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय एक्सपोजर खेल आवश्यक रहेको जनाए ।

डिभिजन–२ का लागि टोलीले दुई खेल मात्र अभ्यास खेल्न पाएको थियो । प्रतियोगितामै सर्वाधिक १७ विकेट लिँदै म्यान अफ दी म्याच भएका सन्दीप लामिछानेले धेरैभन्दा धेरै खेल आवश्यक रहेको बताए । सन्दीपले इन्डियन प्रिमियर लिगभन्दा विश्वकप छनोटमा केन्द्रित रहने बताए ।

लिग चरणमा क्यानडाविरुद्धको गर या मर को खेलमा ४१ रनको म्यान विनिङ प्रदर्शन गरेका करण केसीले विश्वकप छनोटको स्तर धेरै माथि रहेकाले त्यही अनुसारको अभ्यास हुनुपर्ने बताए । यता, मुख्य प्रशिक्षक जगत टमाटाले छोटो तयारी भए पनि नेपालले उत्कृष्ट नतिजा निकालेको बताए ।

Loading...