जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनार्इदै, राष्ट्रियसभागृहमा विप्लव र किरण, प्रचण्ड पेरिसडाँडाको कोठामा

काठमाडौं, १ फागुन । आज फागुन एक गते । अाजकैै दिन तत्कालिन नेकपा (माओवादी)ले नेपालमा २०५२ सालमा सशस्त्र विद्रोहकाे सुरुवात गरेकाे थियाे । अाज जनयुद्ध सुरु भएकाे २२ वर्ष पूरा भएर २३ वर्षमा प्रवेश गरेकाे छ । जनयुद्ध अाज भिन्न रुपमा जारी छ । जनयुद्धका पहलकर्ता र अनुयायीहरु फरक फरक ढङ्गले लागिरहेका भए पनि जनयुद्ध सुरुवात भएकाे दिनलार्इ दिवसका रुपमा मनाउँदै अाएका छन् ।

अाज पनि नेपालका माअाेवादी पार्टीहरुले २३ अाैं जनयुद्धकाे अवसरमा विभिन्न कार्यक्रम अायाेजना गरेका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माअाेवादीले राष्ट्रिय सभागृहमा बृहत अन्तरक्रिया कार्यक्रमकाे अायाेजना गरेकाे छ ।

नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको तत्कालिन माओवादीले २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि हतियार बिसाएको थियो । रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालनी भएको थियो ।

रोल्पाको होलेरी,रुकुमको राडि र सिन्धुलिगडि प्रहरी चौकीमा भरुवा बन्दुकका भरमा आक्रमण गरेर शुरु भएको जनयुद्धमा गरिब, किशान, मजदुर ,उत्पीडित जाति , छेत्र,लिङ्ग र समुदायले आफ्नो मुक्तिको सपना देखेर लामबद्ध बनेका थिए । १० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १७ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका छन् । हजारौंको संख्यामा नागरिक वेपत्ता छन् ।

तर, विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको बर्षौं बितिसक्दा पनि नेताहरुले विगतमा गरेका बाचा पूरा नगरेको भन्दै जनता र पार्टी कार्यकर्ता निराश भएका छन् । बार बुदे सम्झौता हुँदै शान्ती प्रक्रिया पछि माओवादी पार्टी विभाजन भएर विभिन्न पार्टी बनेका छन । बिभाजित अवस्थामा रहेका तत्कालिन माओवादी नेता बाबुराम भट्टराई नेतृत्वको पार्टी बाहेकले आ आफ्नै तरिकाले जनयुद्ध दिवश मनाउने गरेका छन् ।

बिगतका बर्षहरुमा अलग अलग कार्यक्रम गरेर जनयुद्ध दिवश मनाएका नेपाल कम्युनिष्ट पार्टी र नेकपा क्रान्तिकारी माओवादीले यसपटक संयुक्त रुपमा जनयुद्ध दिवश मनाउने तयारी गरेका छन् ।

तत्कालिन माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गते जनयुद्धको ऐतिहासिक पहल गरिएपनि नयाँ जनवादी राज्यसत्ताको स्थापना हुन नसकेको भन्दै दुई पार्टीले यो दिवसलाई नयाँ जनवादी क्रान्तिको तयारीका रुपमा मनाउने तयारी गरेका हुन् । सो अवसरमा भोली मध्यान्ह साढे १२ बजे राष्ट्रियसभा गृहमा बृहत कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य , नेपाल कम्युनिष्ट पार्टीका प्रवत्ता प्रकाण्ड लगायतका शिर्ष नेताहरुले संबोधन गर्ने बताइएकाे छ । साथै पछिल्लो समय माओवादी केन्द्र एमालेमा विलय हुन लागेपछि असन्तुष्ट रहेका नेताहरु गेपाल किराती , लोकेन्द्र विष्ट लगायतले पनि सहभागीता जनाउने बताईएको छ ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको जनयुद्ध दिवश भने केहि बर्षदेखि चियापानमा सिमित हुँदै आएको छ । आज पनि माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिसडाँडामा चियापान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी जनयुद्ध दिवश मनाउदैछ ।

Loading...