अहिलेसम्मकै बढी मान्छे सुत्न मिल्ने उच्त गतिको अत्याधुनिक रेल

काठमाडाैं । चीनले अहिलेसम्मकै सबैभन्दा धेरै यात्रु सुत्न मिल्ने अारामदायी रेल सञ्चालनमा ल्याएकाे छ । रेल यातायातको सुविधामा अनेकन योजनाहरू ल्याइरहेको चीनले याे नयाँ रेलकाे विकास गरेपछि विश्वभरि त्यसकाे चर्चा चलिरहेकाे छ।

चीनले केही दिन अघि मात्र तीव्र गतिको रेल सञ्चालनमा ल्याएकाे थियाे । त्याे समाचारले सन्सनी मच्चाएको केही समयपछि नै बेइजिङ–शाङहाई लाइनमा चल्नेगरी प्रतिघन्टा २५० किलोमिटरको गतिमा कुद्ने बुलेट रेल विकास गरेको छ।

छिङताउको स् फाङ कम्पनी लिमिटेडले प्रस्तुत गरेको यो रेल तुलनात्मक रूपमा अझै आरामदायी भएकाले यात्रुहरूको ध्यानाकर्षण बढेको छ। यो रेल पहिलाको मोडल भन्दा ३७ प्रतिशत ठूलो छ भने ८८० जनाले यात्रा गर्न सक्नेछन्। हल्लाखल्ला पनि कम हुने यस रेलका शयन कक्ष पनि झन् आरामदायी छन्। चाइना डेलीका अनुसार यो रेल बेइजिङ साउथ रेलवे स्टेशनमा रोकिनेछ।

Loading...