अन्तरघात गरेको भन्दै कांग्रेसभित्र मारामार । कोहोलपुरमा एक समूहले अर्काेलार्इ दल्यो कालोमोसो

बाँके, २२ असार । स्थानीय निर्वाचन अघि नै नेपाली कांग्रेसका नेताहरुले देशव्यापी अाफ्ना अान्तरिक कार्यक्रममा दिएकाे एउटा अभिव्यक्ति चर्चामा अाएकाे थियाे । उनीहरुले कांग्रेस हारेकाे अाफैभित्रकाे अन्तरघातले हाे । चुनाव अघि नै नेताहरुमा याे बाेध भएकाे भए पनि याे चुनावमा पनि कांग्रेसभित्र उही अाराेपप्रत्याराेप चलिरहेकाे छ । 

यसैबीचमा बाँकेकाे काेहलपुरमा कांग्रेसका एक समूहले अर्काे समूहमाथि अन्तरघातकाे अाराेपमा कालाेमाेसाे नै दलेकाे छ । काेहलपुर नगरपालिकामा कांग्रेसबाट उपमेयरका उम्मेदवारले जित हासिल गर्दा मेयर पदमा भने कम मत अन्तरले पराजित भएपछि दुर्इ समूहबीच यस्ताे मारामार चलेकाे हाे । 

काेहलपुर नगरपालिकामा अाफ्नै पार्टीका मेयर पदका उम्मेदवारलार्इ हराउन लागेकाे भन्दै कांग्रेसका स्थानीय नेता युवराज पाैडेललार्इ कालाेमाेसाे दलिएकाे हाे । पाैडेलले अाफ्नाे व्यक्तिगत असन्तुष्टिका कारण कांग्रेसबाट मेयरमा लडेका भानुभक्त भट्टरार्इलार्इ हराउन भूमिका खेलेकाे अाराेप लगाइएकाे छ । नेता पाैैडेललार्इ कालाेमाेसाे दलिनुका साथै दुर्व्यवहार समेत गरिएकाे थियाे । 

बुधवार मतगणना सकिएलगत्तै कांग्रेसका दुर्इ समूहबीच अाराेप प्रत्याराेप सुरु भएकाे थियाे । ठाउँ ठाउँमा दुर्इ समूह एकअर्कामाथि अाक्रमण गर्ने प्रयास गरेकाे खबर अाएका थिए । साेही बीचमा कांग्रेसका काेहलपुर क्षेत्रका नेता विजय पुडासैनीको नेतृत्वमा रहेकाे एक टाेलीले अर्का नेता युवराज पाैडेललार्इ कालाेमाेसाे दलेकाे हाे । पाैडेल स्राेतका अनुसार पुडासैनीकाे टाेली पाैडेलकाे घरमै पुगेर कालाेेमाेसाे दलेका हुन् । 

काेहलपुर नगरपालिकामा नेकपा (एमाले)ले विजय हासिल गरेकाे छ । एमालेका तर्फबाट मेयर पदमा उठेका लुटबहादुर रावतले नेपाली कांग्रेसका भानुभक्त भट्टरार्इलार्इ जम्मा ८३ मतकाे अन्तरले पराजित गरेका छन् । रावतले ९००७ मत प्राप्त ल्याएर जित हात पारेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भट्टरार्इले ८९२४ मत प्राप्त गरेका छन् । तर, कांग्रेसबाट उपमेयर पदमा उम्मेदवार बनेकी सञ्जुकुमारी थारुले १००५३ मत ल्याएर विजयी भएकी छन् । उपमेयरमा एमालेकी कृष्णा थारु ९३७९ मत ल्याएर पराजित भएकी छन् । 

यसरी झिनाे मत अन्तरले पराजित भएपछि कांग्रेसका दुर्इ समूहले एकले अर्काेलार्इ पराजित हुनुकाे कारण अन्तरघात भएकाे अाराेप लगाएका हुन् । 

Loading...