महिलामैत्री नगरबस सञ्चालन गर्दै उपमहानगरपालिका

राँझा, ८ साउन । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस दुई करोड […]