त्रिविको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्विद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् ।   उपकुलपति सिफारिस समितिको सिफारिसअनुसार बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिमा डा. बराललाई नियुक्त गरेका हुन् । उपकुलपति सिफारिस समितिले  तीनजनाको सिफारिस गरेकोमा  प्रधानमन्त्री प्रचण्डले बराललाई नियुक्त गरेका हुन् ।  

त्रिविले बनायो विश्व रेकर्ड

काठमाडौं । देशकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले धेरै विद्यार्थी दीक्षित गराए वापत विश्व रेकर्ड बनाएको छ । सपमबार ४९ औं दीक्षान्त समारोहमा त्रिविले विश्व रेकर्ड बनाएको हो । यस बर्ष ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य भएकोमा सबैले फर्म भने भरेनन । सबैभन्दा बढी व्यवस्थापनमा २७ हजार बढी दीक्षित हुन योग्य थिए […]

प्राज्ञहरूको भूमिका प्राज्ञिक स्तरकै हुनुपर्छ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, २ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ। तर, विश्वबजारका निम्ति […]

त्रिविमा खुला प्रतिस्पर्धा नरोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं, ९ पुस । त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा स्थगित गरेपछि दरखास्त भरेका परीक्षार्थी रमेश विष्ट र मनिता खत्रीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । त्रिवि सेवा आयोगले गत […]

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह आज

काठमाण्डौ, पुस ५। त्रिभुवन विश्वविद्यालयले आज ४७ औँ दीक्षान्त समारोह मनाउँदै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने छन् । दीक्षान्त समारोहमा यसपालि एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । २०७७ साल असार १ गतेदेखि २०७८ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार […]