मंगलबार नेपाल र बङ्गलादेश बीच मैत्रीपूर्ण खेल

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मङ्गलबार मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा हुने उक्त खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले जनाएको छ। यु–२३ का मुख्य प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलका […]