प्रहरीले समात्यो साढे ६ किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने अर्धठोस वस्तु करिब ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद भएको छ ।   फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका ईजिप्टियन नागरिक ३२ वर्षीय SHERIF MOHAMED MOHAMED LASHIN लाई जाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटको भित्रपट्टी फल्स बटम […]

खोर्लाबेसीको एक ओढारमा अनौठो गरी लुकाइराखिएको १२ किलो सुन भेटियो

गोरखा, ९ साउन । नेपालमा टनका टन सुन तस्करी हुने गरेको चर्चा बजारमा छाइरहँदा गोरखामा अपत्यारिलो गरी लुकाइएको ठूलो मात्रामा सुन भेटिएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको खोर्लाबेसीमा लुकाई राखेको अवस्थामा १२ किलो सुन भेटिएको हो । उक्त सुन कतै व्यवस्थित गरेर घरमा लुकाइएको अवस्थामा भेटिएको होइन । खोर्लाबेसीको एक ओढारमा लुकाएर राखिएको अवस्थामा […]