नदी किनारमा भेटियो टाउको नभएको एक पुरुषको शव

हुम्ला, २९ असार । खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु स्थित कर्णाली नदी किनारमा एकजना पुरुषको शव भेटिएको छ । नदीको किनारमा ढुङ्गाको छेउमा रहेको बेडुको रुखको लहरोमा शव अड्किएको अबस्थामा देखिएको हो । नदीको बहावसँग हल्लिँदै गरेको चिज देखिएपछि नदी किनारामा जाँदा घाँटी भन्दा तलको शरीर मात्र भएको पुरुष व्यक्तिको शव देखेको प्रत्यक्षदर्शी दिपेन्द्र शाहीले बताए […]