एकै दिनमा मन्त्री ज्ञवालीसहित १४ जनाले गरे अङ्गदान

भक्तपुर, ३ साउन । परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पतीले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपपछि जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अङ्गदानको घोषणा गरेको छ । शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँहरूले अङ्गदानको घोषणा गर्नुभयो । ज्ञवाली दम्पतीले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो […]