प्राकृतिक शहरमा नेवार सांस्कृतिक सङ्ग्रहालय

पोखरा, ९ साउन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को साँस्कृतिक गन्तव्य थपिने भएको छ । तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण शहरमा नेवारी परम्परा तथा संस्कृतिको अध्ययन अवलोकनका लागि नेवार सांस्कृतिक सङ्ग्रहालय स्थापनाको प्रयास गरिएको हो । नेवारीे संस्कृति तथा जीवनशैलीका साथै उनीहरूकोे जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गरिने सामग्रीका बारेमा पछिल्लो […]