काठमाडाैं, २० मंसिर । देशभर निर्मला पन्तकाे हत्यारालार्इ कारवाहीकाे माग गर्दै प्रदर्शन चलिरहेका बेला बुधबार प्रहरीले काठमाडाैंबाट एक युवकलार्इ पक्राउ गरेकाे खबरले सनसनी फैलायाे । समातिएका युवक काे थिए भन्ने प्रहरीले अहिले पनि केही खुलाएकाे छैन । विभिन्न स्राेतबाट खाेज्दा ती युवक कञ्चनपुर भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी २२ वर्षीय प्रदिप रावल रहेकाे थाहा हुन अाएकाे छ […]